logo-img

प्रधानमन्त्री दाहाल र भारतका महालेखापरीक्षक मर्मुबीच शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक एवं महालेखापरीक्षक गिरीशचन्द्र मर्मुले शिष्टाचार भेट गरेका छन् ।
 
सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयहरूमा क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदान–प्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने विश्वास व्यक्त गरे । 

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार २१:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया