logo-img

नेपालको पहिलो विकेट पतन, कुशलले आज पनि खेल्न सकेनन् ठूलो पारी
तस्बिर : क्यान

वेस्ट इण्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौं तथा अन्तिम खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको छ । उनी दोस्रो ओभरको चौथो बलमा १३ रनमा आउट भए । त्यसक्रममा कुशलले तीन चौका हिर्काए । उनलाई ओबेद म्याक्योले पवेलियन फर्काए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

उसका लागि उपकप्तान एलिक एलिक एथेनाजेले अविजित ४२, कप्तान रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यू फोर्डले २३, मार्क दयाल र कादिम एलिनेले ११/११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले उत्कृष्ट बलिङ गरे । सोमपालले ४ ओभरमा १६ रन दिएर तीन विकेट लिए । यस्तै, सागरले २ ओभरमा १७ रन खर्चेर महत्वपूर्ण तीन विकेट नै हात पारे । त्यस्तै, अविनाश बोहराको नाममा एक विकेट रह्यो । त्यसक्रममा उनले ४ ओभरमा ४९ रन दिए ।    
 





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १४:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया