logo-img

ब्राजिलमा भारी वर्षा : मृतकको संख्या ३९ पुग्यो, ७० जना अझै बेपत्ता

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित २ य ३५ नगरपालिकालाई असर गरेको छ ।

राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र गर्दा १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ । 

भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ ।

एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । गभर्नर एडुआर्डो लेइटले भनेका छन्, ‘यो कठिन दिन भएको र हामी मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गर्छौं । हाम्रो लक्ष्य जीवन बचाउनु हो । हाम्रो प्राथमिकता मानिसहरूलाई उद्धार गर्नु हो ।’

उनले यो राज्यको सबैभन्दा ठूलो प्रकोप भएको भन्दै रियो ग्रान्डे डो सुल ‘युद्धको स्थिति’मा रहेको बताए । 





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १४:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया