logo-img

काभ्रेको पात्लेखेतमा माइक्रो दुर्घटना : ६ जना घाइते, छतमा राखेको खसी  मर्यो

शनिबार रामेछापबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रो बस दुर्घटनामा परेको छ । 

रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको माइक्रो भ्यान शनिबार दिउँसो २ बजे बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर ६ जना घाइते भएको प्रहरीले बताएको छ । घाइते भएका ६ जनाको उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। 

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमती ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका हुन्। 

भ्यानको छतमा राखेर ल्याइएको एउटा खसी भने मरेको प्रहरीले भनाइ छ । चालक रामेछाप नगरपालिका–५  मीनबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया