logo-img

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदै छ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार २०:४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया