logo-img

सत्ता समीकरण भत्काउने कोसिस भइरहेको छ, तर दायाँबायाँ हुने सम्भावना छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष कांग्रेस विभिन्न बहानामा सत्ता समीकरण भत्काउने खेलमा लागेको आरोप लगाएका छन् । प्रतिपक्षको काम नै सत्ता समीकरण भत्काउने परम्पराजस्तो देखिएको भन्दै प्रधानमन्त्री दाहालले असन्तुष्टि व्यक्त गरे । 

शनिबार माओवादी संसदीय दलको बैठकमा बोल्दै उनले एकीकृत समाजवादीभित्रको द्वन्द्वका कारण समीकरण भत्काउने कोसिस भइरहेको बताए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भनाइप्रति संकेत गर्दै प्रधानमन्त्रीले सत्ता समीकरण भत्काउने कोसिस भइरहेको बताए । 

समीकरण दायाँबायाँ हुने सम्भावना नभएको दाबी गर्दै उनले भने, ‘एकीकृत समाजवादीभित्रको अन्तरविरोधका कारण समीकरण भत्काउने कोसिस भइरहेको छ, अहिलेको अवस्थामा समीकरण दायाँबायाँ हुँदैन । अघि बढ्छ ।’ 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति लक्षित गर्दै सत्ता समीकरणप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले आफ्नो पार्टीले चाहेमा सत्ता समीकरणमा उथलपुथल ल्याउने क्षमता भएको गत साता बताएका थिए ।

नेपालले सुदूरपश्चिमको आफ्नो दलको नेतृत्वप्रति एमालेको असहयोगलगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार २३:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया