logo-img

प्रियंकाका श्रीमान् निकलाई भाइरस संक्रमण, सर्‍यो कन्सर्ट

बलिउड अभिनेत्री प्रियंका चोपडाका गायक श्रीमान् निक जोनसले आफू हाल खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन् ।

उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो राखेका छन्, जहाँ उनले फ्यानलाई कन्सर्ट सार्नु कारण बताएका छन् । उनले आफूलाई इन्फ्लुएन्जा ए भाइरसले समातेको बताएका छन् ।

‘केही दिन अघि मलाई केही अनौठो अनुभव भयो । जब म बिउँझिए, मेरो स्वर निस्किएन । त्यो राति म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ । पछिल्लो दुई दिनयता मेरो अवस्था विस्तारैविस्तारै खराब हुँदै गएको छ । म हिजो दिनभरी ओछ्यानमै रहेँ । ज्वरो, शरीरमा दुखाई, गलामा खराबी र धेरै खोकी छ’, भिडियो सन्देशमा निकले भनेका छन् । 
 
उनले आफूलाई इन्फ्लूएन्जा–ए नामक खतरनाक भाइरसले भेटेको उल्लेख गरेका छन् । ‘हेल्लो साथीहरू, मलाई एन्फ्लूएन्जा–ए को खतरनाक स्ट्रेन भएको छ । जुन चारैतिर फैलिएको छ । म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ । मैले यसका लागि मेक्सिको कन्सर्टको मिति सारेको छु । अब यो शो अगष्टमा हुनेछ,’ भिडियोको क्याप्सनमा निकले लेखेका छन् ।

मेक्सिकोको कन्सर्टपछि जोनस ब्रदर्सको आगामी सो आयरल्याण्डमा हुनेछ । त्यसपछि सेप्टेम्बरमा यूके, अस्ट्रिया, जर्मनी, स्पेन, इटली र स्विट्जरल्याण्डमा निक आफ्ना भाइ केविन र जोका साथ प्रस्तुति दिनेछन् ।

 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १२:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया