logo-img

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंककाे सम्मान

एनआईसी एसिया बैंकले वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई सम्मान गरेको छ। टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले बताए । 

उनका अनुसार सोमबार एनआईसी एसियाका सिईओ रोशनकुमार न्यौपाने, नायब ​सिईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका हुन् ।

नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ। फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

यस्तै, एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको प्रमुख सूचना अधिकारी खनियाँ बताउँछन् । 





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १५:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया