logo-img

मेलानिया सभागी हुने कार्यक्रममा केजरीवालको नाम हटाइयो

एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनकी पत्नी मेलानिया ट्रम्प पनि २४ फ्रेबुअरीमा भारत भ्रमणमा आउनेछिन् । उनीहरु दुई दिने भारत भ्रमणमा आउन लागेका हुन् । 

यो कार्यक्रममा दिल्लीको एउटा स्कुलमा बच्चाहरुसँग मेलानियाले भेट्ने कार्यक्रम तय भएको छ । सुत्रहरुको हवाला दिँदै भारतीय मिडियामा मेलानिया सहभागी हुने यो कार्यक्रममा पहिले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी हुने भनिएको थियो । तर, अब केजरीवालको नाम त्यहाँ सहभागी हुने सूचीबाट हटाइएको छ । 

यही कार्यक्रममा दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पनि सहभागी हुने भनिएको थियो । तर, अब उनी पनि यो कार्यक्रममा सहभागी नहुने भएका छन् ।

ट्रम्पको भ्रमणका लागि अहिले भारतमा व्यापक तयारी भएको छ । उनीहरु अहमदाबाद पनि जाने भएका छन् । त्यसैले त्यहाँ ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै धेरै पोस्टहरु लगाइएका छन् ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १७:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया