logo-img

एसइई परीक्षा लकडाउन अन्त्य भएको दुई सातापछि मात्रै

काठमाडौं– सरकारले लकडाउन अन्त्य भएको दुई सातापछि मात्रै स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्य अवस्था सामान्य भएपछि मात्रै सो परीक्षा चलाउने तयारी गरेको हो । 

नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले यससम्बन्धी काम गरिरहेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका छन् ।

सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्प प्रयोग गर्ने दाहालले जानकारी दिए ।

मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।

सरकारले गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी एसइई परीक्षा सञ्चालनको तयारी गरेको थियो । कोरोना भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार १५:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया