logo-img

संसदमा अर्थमन्त्रीको जवाफः संसद्ले अनुमोदन नगरेसम्म एमसिसी अघि बढ्दैन

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रम विगत तीन वर्षदेखि बजेटमा राख्दै आएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्‍नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

आगामी वर्षको बजेटमा पनि सो कार्यक्रमलाई निरनतरता दिइएको, तर अमेरिकी सहयोगको रकम संसदमा एमसिसी पारित नभएसम्म निकास नहुने विश्वास दिलाएका छन् । 

‘अमेरिकी सहयोगको रकम त्यो बेला मात्र निकास हुन्छ, जतिबेला संसद्मा विचाराधीन रहेको सम्झौतापत्र संसद्ले अनुमोदन गर्छ,’ उनले भने, ‘त्यो नगरुन्जेल त्यो यथावतै रहन्छ ।’  

यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले संसद्ले एमसिसी अनुमोदन नगरेसम्म त्यसका कुनै कार्यक्रम अघि नबढाउन सरकारलाई सुझाब दिने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १३:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया