logo-img

बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’

लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीय टेलिभिजन च्यानलले जनाएको छ ।  

लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा  नजिकै रहेको भण्डार गरिएको तेल र टायरमा सल्किँदा आगलागी भएको बताएको छ ।

स्थानीय स्वयंसेवक र सुरक्षाकर्मीहरूले आगो निभाउन जुटेका छन् भने उक्त स्थानबाट सयौँको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 

बेरूतमा शक्तिशाली विस्फोट भएको करिब एक महिनापछि उक्त आगलागी भएकाले स्थानीय बासिन्दा त्रसित देखिएका छन् ।

लेबनानीहरूले ‘ह्वाट्स एप’ लगायतका सामाजिक सञ्जालमार्फत् धुवाँको कालो मुस्लोसहितका भिडियोहरू सार्वजनिक गरेका छन् । 

बेरूतको बन्दरगाहमा यसै वर्षको अगस्ट ४ मा दुई ठूला विस्फोटहरू हुँदा कम्तीमा १९० जनाको मृत्यु भएको थियो भने त्यस सहरको ठूलो भाग प्रभावित भएको थियो । विस्फोटमा करिब छ हजार मानिस घाइते भएका थिए भने हजारौँको सङ्ख्यामा विस्थापित भएका थिए ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १९:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया