logo-img

बालुवाटार बोलाएर रक्षामन्त्री पोखरेललाई के भने प्रधानमन्त्रीले ?

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । सत्तारुढ दल नेकपाको स्थायी कमिटीले दिएको सुझावअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका निम्ति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन् । 

यसै सन्दर्भमा प्रधानमन्त्रीले उपप्रधान तथा रक्षामन्त्री एवं नेकपाका नेता ईश्वर पोखरेलसँग लामो छलफल गरेका छन् । सरकारका मन्त्रीहरू फेरिने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार मन्त्री पोखरेलसँग लामो भेटवार्ता गरेका हुन् । शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री ओली र नेता पोखरेलबीच वार्ता भएको सूत्रले जानकारी दियो । लामो छलफलपछि नेता पोखरेल हँसिलो मुद्रामा बालुवाटारबाट बाहिरिएको स्रोतले जानकारी दिएको छ । 

पछिल्लो समय केही विषयमा विवादमा पर्दै आएका मन्त्री पोखरेल अबको मन्त्रिपरिषद् पुनर्गठन गर्दा फालिने मन्त्रीको लिष्टमा रहेको चर्चा चल्ने गरेको छ । विवादमा परेका कारण सरकारबाट बाहिरिन सक्ने अड्कलबाजी गरिएकाबेला प्रधानमन्त्री ओलीले भने उनलाई सरकारबाट नहटाउने निर्णय सोचमा रहेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली र मन्त्री पोखरेलबीच त्यही विषयमा लामो छलफल भएको बताइएको छ ।

तर, प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षामन्त्रालय नभएर अर्को मन्त्रालय दिनसक्ने छन् । प्रधान सेनापतिसँग पोखरेलको सम्बन्धन सुमधुर हुन नसकेका कारण पोखरलाई रक्षामन्त्रालय परिवर्तन गरेर अन्य मन्त्रालय दिने सोचमा प्रधानमन्त्री ओली रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १२:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया