logo-img

सातामा थपिए ५४४ कोरोना संक्रमित एनआरएन, थप एकको निधन

विश्वव्यापी रुपमा कोरोना भाइरसको दोस्रो चरण सुरु भएयता विभिन्न देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । विश्वभर ४४ देशमा रहेका नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ ।

संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप ५४४ जनामा संक्रमण देखिएको छ  भने थप १ हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरस संक्रमण भएकोमा ४० हजार ७२८ जना कोरोनामुक्त भएका छन् । 

यो साता साउदी अरबमा थप एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको संघले जनाएको छ । हालसम्म कोरोनाका कारण विभिन्न १८ देशमा २८५ जना नेपालीको निधन भएको संघले जनाएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १४:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया