logo-img

के तपाईंको मेसेन्जर चलिरहेको छैन ?

केही समयअघिसम्म तपाईंको मोबाइलमा इन्टरनेट चलिरहेको थियो होला तर मेसेन्जर चलेन होला ? के यस्तो अवस्था आएपछि तपाईं आत्तिनु भएको थियो ? 

नआत्तिनुस्, यो तपाईंको मोबाइलको समस्या होइन । आज फेसबुक मेसेन्जर केही समयका लागि विश्वभर नै चलेन ।

प्रयोगकर्ताहरुले अहिले मेसेन्जरमा मेसेज पठाउन वा कल गर्न सकिरहेका छैनन् । बरु यसरी प्रयास गर्दा नेटवर्क खोजिरहेको भन्ने मेसेज आएको हुनसक्छ । 

यो आज इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा देखिएको प्राविधिक समस्या हो ।

यसरी मेसेन्जर खासमा किन चलेन भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन । यो समस्या पछिल्लो समय समाधान भइसकेको बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १९:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया