logo-img

हाम्रो पात्रोबाटै अंग्रेजी सिक्न सकिने

हाम्रो पात्रो एपमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ ।

हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाइ सुरु गरेको जनाएको छ ।

कम्पनीले पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने बताएको छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरूका अनुभव सहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यावहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रित हुने शुक्रबार एक विज्ञप्ति मार्फत् बताइएको हो ।

विज्ञप्तिमा कक्षाकोठामा शिक्षकसँग प्रश्न सोध्न, ग्राहकसँग कुराकानी गर्न र विदेशी व्यक्तिहरुसँग पूर्ण आत्मविश्वासका साथ कुरा गर्न यो पोडकास्टले सहयोग पुर्‍याउने बताइएको छ । हाम्रो पात्रो इंकका अनुसार हाम्रो पोडकास्ट अन्तर्गत दुई सातामा एउटा नयाँ एपिसोड अपलोड हुनेछ । तीन वटा एपिसोड अपलोड भइसकेको यो पोडकास्ट खास गरी दश कक्षा माथिको अध्ययन गरेका व्यक्तिहरुलाई लक्षित गरी सुरु गरिएको हो ।

‘पोडकास्ट आधारभूत अंग्रेजी सिकाइमा भन्दा पनि अंग्रेजी जानेका तर उच्चारणमा समस्या भएका प्रयोगकर्ता प्रति लक्षित गरेका छौं,’ पोडकास्ट सञ्चालक पोखरेलले भने, ‘अंग्रेजी जाने पनि उच्चारण नमिल्दा विदेशीहरुलाई आफ्नो कुरा बुझाउन नसक्ने समस्या धेरैले भोगिरहेका हुन्छन् । यसबाट त्यस्ता व्यक्तिहरुलाई अंग्रेजी प्रष्ट बुझ्न तथा बोल्न सहयोग पुग्ने आशा लिएका छौं ।’

एन्ड्रोइड प्रयोगकर्ताले हाम्रो पात्रोको मुख्य पेजमा केही तल स्क्रोल गरेर फिचर्ड पोडकास्ट इन हाम्रोपात्रो अन्तर्गत ‘इंग्लिस फर नेपाली  स्पिकर’ मा यो पोडकास्ट फेला पार्न सक्ने बताइएको छ । आइफोन प्रयोगकर्ताले भने विशेष पोडकास्टमा जानुपर्ने छ ।



कम्पनीले पोडकास्टलाई विशेष प्राथमिकताका साथ छुट्टै वेबसाइट पोडकास्ट डट हाम्रोपात्रो डट कम सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक शंकर उप्रेतीले बताए ।



  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १९:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया