logo-img

चैत्र ५ गतेपछि कांग्रेस, माओवादी र जसपाको सत्ता समीकरण : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमाइसकेको बताएका छन् । 

मंगलबार नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मूर्त रुप पाउने बताएका हुन् । 

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलन गरेका कारण तीनदलीय गठबन्धन प्राकृतिक हुने पनि बताए । उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ ।’

माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्ने भन्दै उनले सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक ठहर गरेकाले यो गठबन्धन सम्भव रहेको बताए । 

‘यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारे एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो,’ नेता पुनले भने । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १६:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया