logo-img

अस्पतालबाट मदनकृष्ण श्रेष्ठले लेखे : राजा ज्ञानेन्द्र गेट वेल सुन, रेसपेक्ट यु, लभ यु !
भने : सबैलाई एकपल्ट माया पोख्‍न मन छ

गत वैशाख ६ मा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालमा उपचाररत छन् । आफूसहित परिवारका सबै सदस्यलाई कोरोना भएपछि ६ दिन घरमै बसेका उनी वैशाख १२ मा अस्पताल भर्ना भए। 

कोरोनाले गम्भीर स्वास्थ्य समस्या ल्याएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। मेडिसिटीमै कोरोनासँग जुधिरहेका उनले बिहीबार राति एउटा भावुक स्टाटस लेखे। जहाँ उनले आफूलाई कोरोनाले फतक्क गलाए पनि सबैलाई सम्झेर मन भावुक भएको बताएका छन्। 

उनले छोटो स्टाटसमा पूर्वराजा ज्ञानेन्द्रलाई पनि सम्झिएका छन्। ज्ञानेन्द्र र पूर्वरानी कोमललाई कोरोना पुष्टि भएपछि हाल दुवैजना थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। 

अक्सिजनको सपोर्टमा रहेका दुवै जनामध्ये कोमलको अवस्था गम्भीर रहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ। ज्ञानेन्द्र र कोमललाई अक्सिजनको मात्रा बढाएर उपचार भइरहेको नर्भिक व्यवस्थापनले जानकारी दिएको छ। 

'आफ्नो शरीर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फतल्याक्क फुत्लुक भइरहेको बेला सबैलाई सम्झेर मन भाबुक भइरहेको छ आज', उनले भनेका छन्, 'सबैलाई एकपल्ट माया पोख्‍न मन लागिरहेको छ।'

उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजाकै रुपमा सम्बोधन गरेर स्वास्थ्य लाभको कामना गरेका छन्। 'राजा ज्ञानेन्द्र लगायत राजपरिवारप्रति पनि शीघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मन लागिरहेछ', उनले भनेका छन्, 'गेट वेल सुन राजन, रेस्पकेट यु, लभ यु !'



आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई...

Posted by Madan Krishna Shrestha on Thursday, April 29, 2021

 



  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार २२:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया