logo-img

सांसदहरुलाई प्रधानमन्त्रीको जवाफ : धरहरा तयार नभइ म कसरी टुप्पोमा पुगेँ त !

प्रधानमन्त्री केपी शर्मा  ओलीले आफूमाथि निर्माण पूरा नै नभइ उद्घाटनमा रमाएको आरोपको खण्डन गरेका छन्। विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन्। 

'धरहरा तयार नभइ कसरी म टुप्पामा पुगेँ त?', ओलीले आफूमाथि प्रश्न गर्नेहरुलाई उल्टै सोधे, 'धरहरा बनेको छैन भन्नेहरुले गएर चढ्नु होला। बरु चढ्नेलाई सहजीकरण गरौँला।'

उनले नागपोखरीको मेरियट होटलबाट एमाले नेता माधवकुमार नेपाललाई पनि धरहरा देखाएको प्रसंग निकाले। 'माधव नेपालले धरहरा देखायो भनेर भाषण गरेछन्', उनले भने, 'अचम्म लाग्यो सबैतिरबाट छर्लङ्ग देखिने रहेछ भनेको थिएँ तर अर्कै कुरा पो गरेछन्।'





  • प्रकाशित मिति : वैशाख २७, २०७८ साेमबार १७:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया