logo-img

असफल मायालुलाई गायक हेमन्त शर्माको प्रश्न

तपाईंले बाटोमा हिँड्दा हिँड्दै तपाईंकी पूर्व-प्रेमीलाई भेट्टाउनु भयो भने मनमा कस्तो तरंग चल्ला ? उसको अनुहारमा हेरेर तपाईं के सोच्नु हुन्छ होला ? दुबैले एक अर्कालाई चाहँदा चाहँदै छुट्टिएका प्रेमिल जोडीहरूले नचाहेरै बाटोमा भेटिँदा कुन गीत गाउँछन् होला ?

अब यी सबै प्रश्नको समाधान गायक हेमन्त शर्माको एउटै गीतले गर्ने छ । उनले यस्तै प्रेमको बीच बाटोबाटै छुट्टिएका प्रेमी–प्रमिका भेटिँदा गाउने गीत सार्वजनिक गरेका छन् । गीतमा उनले आफ्नी असफल प्रेमिकालाई प्रश्न गरेका छन्, ‘ए मेरी असफल मायालु ! तिमीलाई मेरो याद आउँछ कि आउँदैन ?’

गायक शर्माको सार्वजनिक गीतमा गायिका एलिना चौहानले जवाफ दिएकी छिन्, ‘कसरी बताउँ कति याद आउँछ, सिरानी आँसुले सधैं भिजाउँछ !’ 

प्रस्तुत गीत गायक हेमन्त शर्माले नै लेखेका हुन् । गीतमा संगीत पनि गायक शर्माकै सुन्न सकिन्छ । गीतमा कृष्ण बिकेले संगीत संयोजन गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा पनि गायक शर्मा र गायिका चौहान नै प्रस्तुत भएका छन् । निषेधाज्ञाका कारण धेरै कलाकार जम्मा गरेर म्यूजिक भिडियो निर्माण गर्ने अवस्था नभएकाले आफूहरूले नै गीतमा अभिनय गरेको शर्माले बताएका छन् । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो विकाश धमलाले सम्पादन गरेका छन् ।  

 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १७:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया