logo-img

आयल निगमले लागु गर्याे इआरपी सिस्टम

नेपाल आयल निगमले आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्न इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम लागु गरेको छ । 

निगमले एक वर्षको तयारीपछि उक्त प्रणाली लागु गरेसँगै सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन् । यसअघि गत वैशाख ३ गतेदेखि उक्त सिस्टम लागु गर्ने तयारी भएतापनि विभिन्न कारणले गर्दा रोकिएको थियो ।

निगमले २५ करोड रुपैयाँ लगानीमा इआरपी प्रणाली ल्याएको हो । इआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयाङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । 

उनका अनुसार इआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरु एकीकृत सूचना प्रणालीमा जोडिएका छन् । इआरपी सिस्टम लागु भएसँगै इन्धनको बिलिङ सुरु भएको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १८:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया