logo-img

एकताका लागि रोकियो एमाले स्थायी समिति बैठक
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक रोकिएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक रोकिएको हो ।

पार्टी एकताका लागि परिस्थिति मिलाउनका लागि भन्दै बैठक रोकिएको हो । यसअघि बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा राखिएको थियो । 

तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अनुरोध गरेपछि अध्यक्ष केपी शर्मा अ‍ोली बैठक स्थगित गर्नका लागि तयार भएका हुन् । उनले नेपाल पक्षलाई भोलिसम्मको समय दिएको बताइएको छ ।

बैठक रोक्नका लागि अनुरोध गर्न नेता भीम रावलसहित एकता कार्यदलमा सदस्य रहेका नेताहरुले ओलीसँग आग्रह गरेका थिए । त्यसअघि, कार्यदल सदस्यहरुले संसदीय दलको उपनेताको कार्यालय सिंहदरबारमा साढे २ घण्टा छलफल गरेका थिए । 






  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया