logo-img

बक्यौता भुक्तान गरेको दाबीसहित श्रीराम सुगर मिलले भन्यो, ‘लिन बाँकी भए प्रमाणसहित आउनू’

रौतहटको श्रीराम सुगर मिलले किसानको बक्यौता रकम सबै भुक्तानी गरिसकेको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म सबै किसानको रकम भुक्तान भइसकेको प्रष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यममा आफ्नो कम्पनीलाई जोडेर समाचार आइरहेको विषयमा ध्यानाकर्षण भएको भन्दै सुगर मिलले विज्ञप्तिमार्फत सबै रकम भुक्तान भइसकेको जनाएको छ । 

उसले विज्ञप्तिमार्फत भनेको छ, ‘यस उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम मिति २०७७ पौष ३ गतेदेखि सुचारु गरी भुक्तानी गरी सकेको तथ्य ब्यहोरा हाम्रा सबै उखु किसानहरुलाई जानकारी नै छ । यस उद्योगले स्थानीय स्तरमा नै विभिन्न पत्रपत्रिकाहरुमा सूचना समेत प्रकाशित गरी बाँकी रहेको बक्यौता रकम बुझिलिनका लागी जानकारी गराएको र सोही बमोजिम हाम्रा उखु किसानहरुले बाँकी रहेको बक्यौता रकम बुझिलिएको समेत सबैमा अवगत गराउन चाहन्छौं ।’

विज्ञप्तिमा अहिलेसम्म किसानको सबै बक्यौता भुक्तान भइसकेको दाबी गर्दै सुगर मिलले केही कारणले कोही किसानको भुक्तानी छुटेको भए तत्काल प्रमाणसहित दाबी गर्नका लागि आग्रह गरेको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘कथंकदाचित् उखु किसानहरुले भुक्तानी लिन छुट भई बाँकी बक्यौता रहेको भएमा आफ्नो उचित सक्कल प्रमाणसहित भुक्तानी लिनका लागी यसै विज्ञप्तिलाई आधार मानी कारखानामा उपस्थित भई रकम बुझिलिनुहुन सबैमा अनुरोध गर्दछौँ ।





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १२:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया