logo-img

बोटलर्स नेपालले ७ उत्कृष्ट आइडियालाई सिड मनी प्रदान गर्ने

बोटलर्स नेपालले उत्कृष्ट आइडियाहरुलाई सिड मनी प्रदान गर्ने भएको छ । बोटलर्सले नेपाल युवा परिषदसँगको सहकार्यमा सिड मनीको योजना ल्याएको हो । 

वातावरण संरक्षण र युवा सहभागिता भन्ने मुख्य थिममा रही बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदको संयुक्त पहलकदमीमा हरेक प्रदेशको एक उत्कृष्ट आइडियालाई ५० हजार रुपैयाँ सिड मनी प्रदान गर्ने परिषदले जनाएको छ ।

नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले यस्ता कार्यहरु बोटलर्स नेपालले विगतका वर्षहरुमा पनि गदै आइरहेको भन्दै युवा सशक्तीकरण र वातावरण संरक्षणमा सक्रिय कम्पनीले आगामी दिनहरुमा थप रचनात्मक कार्यहरु गर्ने विश्वास पनि व्यक्त गरे । 

यसअघि, सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १/१ योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा ७५ हजार रुपैयाँ सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भइसकेको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १८:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया