logo-img

लेबनानमा तेल ट्यांकर विष्फोट हुँदा २० जनाको मृत्यु

लेबनानमा तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

लेबनानको रेडक्रस अनुसार लेबनानको अक्कार क्षेत्रको तलाइल इलाकामा विष्फोट भएको हो ।

विष्फोट हुने बेलामा वरिपरि करिब २०० मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

विष्फोटको बारेमा एक सुरक्षा स्रोतले भनेको छ,‘मानिसको भीड थियो । केहीमा विवाद हुँदा गोली चल्यो । गोली तेलको ट्यांकरमा लागेपछि विष्फोट भएको हो ।’

लेबनिज रेडक्रसले ट्विटरमा लेखेको छ,‘हाम्रो टिमले अस्पतालमा घाइते र शवलाई पुर्‍याउने काम गरिरहेको छ ।’

लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीले यस दुर्घटनापछि राष्ट्रपति माइकल एउनको राजीनामा माग गरेका छन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १४:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया