logo-img

ईश्वर पोखरेलले भने– १० बुँदे कार्यान्वयन हुँदैन, एमाले २ जेठमा फर्किन सक्दैन

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि यसअघि बनेको कार्यदलले दिएका १० बुँदे सहमतिका प्रस्ताव जस्ताको त्यस्तै कार्यान्वयन नहुने बताएका छन् ।

नेकपा एमाले मोरङले आइतबार विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्तालाई भेला गर्दै एमाले महासचिव ईश्वर पोखरेलले एमाले अब २ जेठ २०७५ मा फर्किन नसक्ने पनि बताएका छन् ।

शनिबार मात्र काभ्रेमा पुगेर पनि ईश्वर पोखरेलले यही धारणा व्यक्त गरेका थिए । शनिबार उनले काभ्रेमा पनि नेकपा एमाले अब २ जेठमा फर्किन सम्भव नभएको बताएका थिए ।

उनले आइतबार विराटनगरमा १० बुँदे कार्यान्वयनको पक्षबारे पनि छलफल हुने र यो सिर्जनात्मक ढंगबाट आगडि बढ्ने बताएका छन् । १० बुँदे कार्यान्वयन गर्ने सहमति सहित यसअघि नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुले एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका हुन् । 

पोखरेलको यो अभिव्यक्तिले एमालेमा थप समस्या सिर्जना हुनसक्ने अनुमान गरिएका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २३:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया