logo-img

नेपालको धार नकारात्मक हो, त्यसको भविष्य अन्धकार छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीबाट ‘नकारात्मक धार’ विभाजन भएर गएको टिप्पणी गरेका छन् ।

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उनले आयोजित भेलामा नकारात्मक धारको भविष्य नभएको टिप्पणी गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तथा राष्ट्रिय भेलामा बाेल्दै  महासचिव ईश्वरले भने, ‘हामीबाट नकारात्मक धार अलग भएको हो र यस विभाजनको भविष्य अन्धकार छ ।’

उनले राष्ट्रिय आवश्यकताविपरीत विभाजन हुनेहरू निर्वाचनबाट पराजित हुने पनि बताए ।

पार्टीको पक्ष र पार्टीले गरेको आन्दोलनको पक्षमा उभिएका निजामती कर्मचारीहरूलाई संगठित हुन समेत उनले निर्देशन दिए।

उनीभन्दाअघि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललगायतले भेलालाई सम्बोधन गरेका थिए। 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १४:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया