logo-img

राष्ट्रसंघमा मोदीले लिएनन् चीन र पाकिस्तानको नाम, बने आलोचित

संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र पाकिस्तानको नाम नलिँदा धेरैले उनको आलोचना गरेका छन् ।

भारतले आफ्नो कट्टर दुस्मनको रुपमा लिंदै आएको चीन र पाकिस्तानको नाम मोदीले शनिबार महासभालाई सम्बोधन गर्दा एक पटक पनि उच्चारण गरेका थिएनन् ।

यसअघि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा मोदीले नाम नै लिएर चीन र पाकिस्तान माथि बिभिन्न आरोप लगाउने गर्थे । 

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा मोदीले आतंकवाद, अफगानिस्तान र कोरोना भाइरसका विषयमा आफ्ना धारणा राखेका थिए । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले महासभालाई सम्बोधन गर्दा भारतको नाम नै बिभिन्न आरोप लगाएका थिए । खानले कश्मीर मुद्दादेखि मिडिया र इन्टरनेट माथि भारतले लगाएको प्रतिबन्धलाई महासभामा उठाएका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले भने पाकिस्तानको नाम नलिई प्रहार गरेका थिए । ‘पछि लैजाने सोचका साथ जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणको रुपमा गरेको छ, उसले यो बुझ्न जरुरी छ की आतंकवाद उसको लागि पनि उत्तिकै खतरा हुन्छ । अफगानिस्तानको धर्तीको प्रयोग आतंकवाद फैलाउन र आतंकवादी हमलाको लागि नहोस्,’ मोदीले पाकिस्तानप्रति लक्षित गर्दै भनेका थिए । 



भारतीय जनता पार्टी (बिजेपी) सांसद तथा पूर्व केन्द्रीय मन्त्री सुब्रमण्यम स्वामीले ट्वीटर मार्फत मोदीले चीनको नाम नलिएकोमा प्रश्न गरेका छन् । ‘चीनको नाम नलिंदैमा कस्तो लाज ?,’  समाचार एजेन्सी एपीको मोदीले चीन र पाकिस्तानको नाम लिएनन् भन्ने समाचार सेयर गर्दै उनले भनेका छन् । 

सुरक्षा विश्लेषक ब्रह्मा चेलानीले पनि मोदीप्रति व्यङ्ग्य गरेका छन् । अमेरिकाले चीनसँग तनाव कम गर्न चीनको नाम नलिएझै मोदीले पनि नलिएको हुनसक्ने उनले बताएका छन् । 



भारतका पूर्व गृह तथा अर्थ मन्त्री पी. चिन्दबरमले मोदीको भाषणका विषयमा केही लेखेका छैनन्, तर उनले भाषण गर्दा महासभाको माहौललाई लिएर मोदीको आलोचना गरेका छन् । मोदीले महासभालाई सम्बोधन गर्दा केही सीट मात्र भरिएको उनले जनाएका छन् । 

‘योभन्दा पनि निराशा के छ भने मोदीले भाषण गर्दा कसैले पनि ताली बजाएन । संयुक्त राष्ट्रसंघको लागि भारतको स्थायी नियोग बेवकुफ बन्यो,’ चिन्दबरमले भने । 

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १५:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया