logo-img

भारत जान लागेको ब्याडमिन्टन टोलीको आइतबार बिदाई

भारतको बैंग्लोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार बिदाई गरिएको छ । 

७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाई गरेका हुन् । 

त्यसतै आइतबार नै त्रिपुरेश्वरस्थित राखेप परिसरमा राखेप सदस्य तथा ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र बिडब्लुएफ सर्टिफाईड अम्पायर उदय अर्याललगायतले बिदाई गरेका थिए । 

इन्टरनेसनल च्यालेन्ज कात्तिक २ बाट ७ गतेसम्म चल्नेछ ।

जयन्त श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा महिलामा रशिला महर्जन, सीमा राजवंशी र अनुमाया राई तथा पुरुषतर्फ प्रिन्स दाहाल, सुदिप सेढाई, सुनिल जोशी र प्रफुल महर्जन खेलाडी रहेका छन् ।

इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ को लागि गत महिना रिभाइभ लिजर पार्कमा भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो ।
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १३:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया