logo-img

आम आदमी पार्टीका नेताले गरे कंगनाविरुद्ध प्रहरीमा उजुरी

बलिउड अभिनेत्री कंगना रनौट बारम्बार विवादमा आइरहेकी हुन्छिन् । उनी बारम्बार विवादमा आउनुको कारण चाहिँ उनका अभिव्यक्ति पनि प्राथमिकतामा आउने गरेका छन् ।
पछिल्लो समय उनले भारतको स्वतन्त्रतालाई नै भीख भन्ने संज्ञा दिएकी थिइन् ।

यही विषयमा उनीविरुद्ध उजुरी परेको हो । उनको यो अभिव्यक्तिलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्मा मेननले मुम्बईमा कंगनाविरुद्ध उजुरी हालेकी हुन् ।

आम आदमी पार्टीकी यी नेतृले प्रहरीमा नै उजुरी दिएकी छिन् भने भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको छ ।

पछिल्लो समय कंगनाले भारतमा विभिन्न विषयमा आफ्नो टिप्पणी राख्न भनेकी छाडेकी छैनन् । उनले आफ्ना कुरा राख्दै गर्दा भारतमा भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले

उनको समर्थनमा बोल्ने गरेका थिए । तर, पछिल्लो समय भाजपाका नेताहरुले पनि उनको विरोध सुरु गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ०:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया