logo-img

रोनाल्डोमाथि हाबी हुँदै मेस्सी

विश्व फुटबलमा अर्जेन्टिनी स्टार लियोन मेस्सी तथा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोमध्ये को राम्रो भन्ने विषयमा एक किसिमको युद्ध नै चलेको छ । 

पछिल्लो १५ वर्षको बालोन डी’ ओर अवार्ड यिनै दुई खेलाडीबीचको प्रतिस्पर्धाका कारण रोमाञ्चक रह्यो । यो अवार्ड यिनै दुई खेलाडीको वरिपरी घुमेको थियो ।

आखिरमा यो यस्तो अवार्ड थियो, जसले एक खास वर्ष मेस्सी र रोनाल्डोमध्ये को राम्रो भनेर छुट्याउने काम गथ्र्यो । 

अहिले दुवै खेलाडीको खेल जीवनका साथसाथै बालोन डी’ ओरका लागि खेलाडीबीच चल्ने होड पनि अन्त्यतिरै पुगेको छ । सायद अब यो दोहोरिने पनि छैन  । भर्खरै मेस्सीले  प्रतिष्ठित यो अवार्ड सातौंपटक जिते । त्यसका लागि भएको मतदानमा रोनाल्डो छैटौं स्थानमा रहे ।

यसबाट के बुझ्न सकिन्छ भने मेस्सीले रोनाल्डोमाथि हाबी भएका छन् र पछि सबैले भन्ने छन्, मेस्सीले रोनाल्डोको तुलनामा बढी बालोन डी’ ओर उपाधि जितेका थिए । युभेन्ट्स छाडेर इंग्ल्यान्ड गएयता रोनाल्डोको प्रदर्शन त राम्रो छ । तर, उनी सम्मिलित म्यानचेस्टर युनाइटेडले उपाधि जित्ने संकेत भने देखाएको छैन । 

मेस्सीलाई लिएर कम्तीमा यो भन्न सकिन्छ, उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि त कुनै न कुनै उपाधि त पक्कै जित्ने छन् । कुनै ठूलो अद्वीतीय प्रदर्शनको अवस्थाबाहेक यी दुवैले फेरि यो अवार्ड थाप्ने छैनन् । र, मेस्सी सधैं अवार्डको मामिलामा रोनाल्डोभन्दा आघि नै रहने छन् ।



उनीहरू आफ्नो खेल करिअरको अन्त्य तिर पुगिसकेका छन् । सादय अब विश्व फुटबलले एकै समयमा मेस्सी र रोनाल्डो जस्ता उत्कृष्ट खेलाडी पाउने छैन । 
 



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ११:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया