logo-img

आँचल शर्मा अब साउथ इन्डियन हिरोइन !

अभिनेत्री आँचल शर्माले अब साउथ इन्डियन हिरोइन बनेकी छिन् । आँचलले तेलुगु फिल्म ‘हिटम्यान’मार्फत साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी हुन् । 

‘हिटम्यान’मा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन् । विष्णु फिल्मको निर्देशकसमेत हुन् ।

काठमाडौं र पोखरामा १५ दिनसम्म छायांकन गरिएको छायांकन गरिएको ‘हिटम्यान’मा आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्ममा आँचलले नेपालीमै संवाद बोलेको बताइएको छ ।

फिल्मलाई आगामी मार्चमा दर्शकमाझ रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । दीपक अधिकारीले निर्माण गरेको ‘हिटम्यान’ फिल्मलाई वाईएस शेखरले छायांकन गरेका हुन् ।  





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार २३:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया