logo-img

देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाउने सम्भावना कति ?

नेपाली कांग्रेसको महाधिवेशन सकिएको धेरै भएको छैन । तर, अझै पनि कांग्रेस नेताहरूबीच महाधिवेशन केन्द्रित छलफल जारी छ । त्यसो त नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुनेहरूको संख्या अझै पनि बाँकी छ । त्यसैले पनि महाधिवेशनबारे चर्चा चलिरहेको छ । 

कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित उम्मेदवारले ३१ जना मनोनित गर्न पाउँछन् । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले दुई चरणमा १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् । 

यीमध्ये केही महाधिवेशनमा विभिन्न पदाधिकारीमा उम्मेदवार बनेकाहरू छन् । देउवाले मनोनयन गरेकामध्ये महामन्त्रीमा पराजित उनकै समूहका दुई नेता पनि छन् । डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवैलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् । 

तर, महामन्त्रीमा सभापतिमा पराजित शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका र पराजित भएका मिनेन्द्र रिजाललाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छैनन् । यहीबीच कांग्रेस नेताहरूले देउवाको मनोनयनको क्राइटेरियाबारे पनि प्रश्न उठाउन थालेका छन् । 

रिजाललाई देउवाले केन्द्रीय सदस्यमा ल्याउँदै छैनन् त ? 

हामीले यही प्रश्न कांग्रेसका एक केन्द्रीय सदस्यलाई सोधेका थियौँ । ‘रिजाल आफैं पनि राजनीतिबाट टाढा रहने मुडमा पुगेको बुझिन्छ,’ ती नेताले भने, ‘महामन्त्रीमा पराजित भएपछि उहाँले रक्षामन्त्रीबाट राजीनामा दिनुभयो । अनि महाधिवेशनअघि पनि अन्तिमपटक पार्टी राजनीति भन्नु भएको थियो । त्यसैले उहाँलाई सभापतिले मनोनयन गर्ने सम्भावना कम हुँदै गएको छ ।’ 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया