logo-img

बतासलाई कारवाही हुन्छ, त्यसमा देउवा र ओलीको साथ छः मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन खोज्ने बतास समूहलाई कारवाही हुने बताएका छन् । 

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रि आलेले गैर कानूनी रूपमा परिसरभित्र पक्की संरचना बनाएर व्यापार गर्न लागेको पाइएको भन्दै उनीमाथि कारवाही गरिने बताएका हुन् । नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिइएको भन्दै यसमा संलग्न जोकोहीलाई कारवाही गरिने प्रतिबद्धता उनले जनाए । 

बतास समूहलाई कारवाही गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी उनले गरे । त्यस्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा समर्थन गरेको उनको भनाइ छ । 

कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिने कार्य खेदजनक रहेको भन्दै यसमा कारवाही गर्न आफूलाई कसैको रोकटोक नरहेको बताए ।

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीको समेत बतास समूहसँग साँठगाँठ रहेको चर्चा चलिरहेको छ । यस विषयमा पत्रकारले सोधेको प्रश्नमा आलेले भने, ‘मलाई प्रधानमन्त्री देउवाले नै यसमा एक्सन लिएकोमा धन्यवाद दिनुभएको छ । ओलीले पनि आफूलाई यसमा नमुछ्न भन्नुभएको छ । उहाँहरु दुवैको सहमति छ । मलाई कसैले पनि रोकटोक गर्न सक्नुहुन्न ।’
 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १७:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया