logo-img

छानबिन समितिले आफूसँग सोधपुछ नै नगरी एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको ‘बतास’को गुनासो

नारायणहिटी दरबार संग्रहालयभित्रको कफीसप सञ्चालनलगायतको ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले असन्तुष्टि व्यक्त गरेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार मन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु (बतास समूह)सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ । 

ुजाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि ! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनुपर्ने होइन ? बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।’

नारायणहिटी दरबार संग्रहालय एवं गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे । 

३५ दिने सूचनामा कसैले पनि टेन्डर नहालेको र १५ दिन थप गरेपछि आफूहरुले थाहा पाएर टेन्डर हालेको उनको भनाइ छ । यसबारे छानबिन समितिसँग आफ्नो कुरा राख्न नपाएको उनको गुनासो छ । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २१:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया