logo-img

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि पुलिसलाई १५८ रन आवश्यक

विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको जारी फाइनलमा विभागिय टोली नेपाल एपिएफ क्लबले अर्को विभागीय नेपाल पुलिस क्लब समक्ष १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनायो । 

एपिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९, लोकेश बमले २७, सन्दीप जोराले २४ को योगदान दिए । 

पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले र सागर ढकाल ३-३, गुल्सन झाले २ तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट हात पारे ।
 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ११:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया