logo-img

देश पैसासँग साट्न सकिँदैन, एमसिसी टेबल हैन खारेज हुनुपर्छ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी सम्झौता कुनै पनि हालतमा संसदमा टेबल हुन नहुने बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘देश पैसासँग साट्न सकिँदैन, सार्वभौमिकता पैसासँग साट्न सकिँदैन । यो एमसिसी कुनै पनि प्रावधानबाट टेबल गरिनु हुँदैन । यसलाई खारेजी गर्नुपर्छ । जसरी श्रीलङ्काले एमसिसीलाई फिर्ता पठाएको थियो, हामीले पनि त्यसै गर्नुपर्छ ।’  

‘हाम्रो राष्ट्रभन्दा ठूलो अरू केही छैन । यो ५५ अर्ब रुपैयाँ केही होइन’, पौडेलले थपिन् ।

उनले राष्ट्रियताको सवाललाई गाम्भीर्यता देखाउन पर्ने बताइन् । देश नै नरहे कुनै पार्टीको अस्तित्व नरहेको भन्दै एमसिसीलाई सूचीबाटै खारेज गरेर जानुपर्ने बताइन् ।

सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबल हुन सकेको थिएन । 



प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबुल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो संभव भएको थिएन ।
 



  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया