logo-img

प्रचण्डको प्रष्टिकरण : व्याख्यात्मक घोषणा महाकाली सन्धिको संकल्प प्रस्तावजस्तो होइन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सम्झौतामा भएको व्याख्यात्मक घोषणा महाकाली सन्धि हुँदा गरिएको संकल्प प्रस्ताव जस्तो नभएको दाबी गरेका छन् । 

उनले भने, ‘यो महाकालीमा गरेको जस्तो संकल्प हुने रहेनछ । महाकालीजस्तै हो यो भन्ने पनि छन्, तर त्यो होइन रहेछ भनियो ।’ 

एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफूले कानुनविदसँगको छलफलपछि सो निर्णय लिएको पनि बताए । 

एमसिसीबारे पार्टीभित्र सहमति खोज्दै जाँदा डा. अर्जुनबाबु थापासँग भेट भएपछि उपाय भेटिएको प्रष्ट्याए । 

उनले भने, ‘उपाय खोज्ने क्रममा पुराना एकजना कर्मचारी डा. अर्जुनबाबु थापासँग भेटियो । केही उपाय हुनसक्छ भन्ने छलफल गर्दा उहाँले थोरै उपाय मलाई भन्नुभयो । उहाँको कुरा सुन्दै जाँदा अन्तर्राष्ट्रिय कानुनको र दुई देशबीचको सम्झौता सन्धि ऐन अनुसार आउने हकमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक ढंगले ब्याख्यात्मक घोषणा गर्यो भने अर्को पक्षले मान्नुपर्छ, अन्तर्राष्ट्रिय अदालतमा पनि मान्यता हुन्छ भन्नुभयो  र हामीलाई ज्यादो देखिएजस्तो भयो।’

यस्तो खतरा बढेपछि आफूले उपाय खोजेको बताए । 



‘मैले पार्टीमा उपाय खोज्नुपर्छ भने । एकोहोरो भनेर सम्पूर्ण प्रक्रियालाई दुर्घटनामा जाने खतरामा धकेल्न सकिँदैन । सकारात्मक केही उपाय छ भने त्यतातर्फ जानुपर्छ भनेँ’, उनले भने । 

उनले अन्तिममा भनेका छन्, ‘गोविन्द बन्दीसँग पनि यसबारे छलफल भयो । उहााले पनि यो चाँहि बाटो छ भनेर बताउनुभयो । त्यही क्रममा गगन थापाहरू पनि यो विषयमा लागिरहनु भएकाे छ भन्ने थाहा पाइयो । घोषणासहित गर्दा त्यसले कानुनी मानयता पाउने रहेछ ।’



लाइभ हेर्नुहाेस् :

 


  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया