logo-img

जिटुजी व्यस्थामार्फत मल आपूर्तिका लागि नेपाल र भारतबीच सम्झौता

नेपाल र भारतबीच रासयनिक मल ल्याउनेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ। जिटुजी व्यस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि नेपालले भारतसँग समझदारी गरेको हो । 

सोमबार भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरे । भर्चुअल रुपमा आयोजित कार्यक्रममा सो समझदारी भएको हो ।

भारतीय पक्षबाट बोल्दै चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे। दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने उनले अपेक्षा गरे। 

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको पनि उपस्थित रहेको थियो। 

दुई पक्षबीच भएको समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै समझदारीले भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुंगाको रुपमा रहेको उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १७:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया