logo-img

सिरी ‘ए’ मा नापोलीको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ मा गएराति सम्पन्न खेलमा नापोलीले जित निकालेको छ । घरेलु टाेली नापोलीले १ गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै उडिनेजमाथि २-१ को रोमाञ्चक जित हात पारेको हो । 

डिएगाे अर्मान्डाे म्याराडाेना स्टेडियममा खेलको २२ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै उडिनेजलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १-१ को बराबरीमा ल्याए । 

६३ औं मिनेटमा भिक्टरले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टाेलीलाई २-१ को जित दिलाए । ८२ औं मिनेटमा पाब्लो मारीले रातो कार्ड बेहाेर्दै  मैदान छाडपछि उडिनेज १० खेलाडीमा समेटिएको थियो । 

याे जितसँगै ३० खेलमा ६३ अंकका साथ नापाेली दोस्रो स्थानमा रहँदा पराजित उडिनेज २८ खेलबाट ३० जाेडेर १४ औं  स्थानमा छ ।






  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ६:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया