सहज जित निकाल्दै  चेल्सी एफए कपको सेमिफाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनल  खेलमा  च्याम्पियनसिप क्लब मिडल्सबर्गलाई २–० ले हराउँदै 

 चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो । रिभरसाइड स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जियाचले १–१ गोल गरे ।

खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० अघि बढाएका थिए । ३१ औं मिनेटमा जियाचले गोल गरेपछि पाहुना टोलीले २–० को सहज जित हात पार्दै सेमिफाइनल यात्रा तय गर्‍यो । 






  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ७:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया