logo-img

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट विभूषित गर्ने

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५औँ वर्षगाँठ मनाउँदै छ। पार्टीको सो हिरक जयन्ती महोत्सवमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ। 

एमालेको पूर्वपार्टी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले ‘राष्ट्रिय गौरव’ पदकबाट विभूषित गर्न लागेको हो । शनिबार र आइतबार ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले उक्त प्रस्ताव पास गरेको हो । 

परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त प्रस्ताव गरेका थिए। मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको उनले बताए।





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १८:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया