logo-img

बहराइनले बनायो महिला टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन

बहराइनले महिला अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा गराएको छ । 

गल्फकप महिला टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत साउदी अरेबियाविरुद्ध निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाउँदै ३१८ रन बनाउँदै बहराइनले यो कीर्तिमान बनाएको हो ।

यसअघि युगान्डाले सन् २०१९ मा मालीविरुद्ध ३१४ रन बनाउँदै यो कीर्तिमान कायम गरेको थियो ।

हराइनकी दिपिका रसाङ्गिकाले ६६ बलमा अविजित १६१ बनाउँदै एकै पारीमा सर्वाधिक रन बनाउने महिला खेलाडीको कीर्तिमान आफ्नो नाम लेखाइन् ।

पूर्व श्रीलंकन खेलाडी दिपिकाले खेलमा ३१ चौका प्रहर गर्दै एक पारीमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाम गराइन् ।

दिपिका र थरंगा गजनायके मिलेर दोस्रो विकेटको लागि अविजित २५५ रनको साझेदारी गर्दै दोस्रो विकेटको लागि सर्वाधिक साझेदारीको कीर्तिमान समेत बनाए।



गजनायकेले ५६ बलमा ९४ रन बनाउँदा रसिका रोड्रोगोले ११ बलमा १३ रनको योगदान दिइन् ।

साउदी अरबका लागि १ मात्र विकेट इमान इजाजले लिइन् । खेलमा बहराइनले २६९ रनको फराकिलो जित हात पारेको थियो ।



३१९ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

माइरा खानले ४० बलमा सर्वाधिक ९ रन बनाइन् । अमना खानले अविजित ८ रन बनाइन् । बहराइनका लागि दिपिका रसाङ्गिकाले ३, पवित्रा सेट्टी र सचिनी जयासिंगले २-२ तथा थरंगा गजनायकेले १ विकेट हात पारे ।  
 

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ११:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया