logo-img

पृथ्वीजयन्तीका अवसरमा प्रज्ञाले राख्यो पुस्तक मेला

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले २ देखि १ हजार ४ सय रुपैयाँसम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखेको छ । प्रतिष्ठानले कार्यालय परिसरमा राखेको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएका छन् ।

२९ पुससम्म चल्ने प्रदर्शनी (पुस्तक मेला) मा भाषासाहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको मेला व्यवस्थापक सुधीर ढुङ्गेलले जनाए । उनका अनुसार मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन् । 

पृथ्वीजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको मेलाको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पाठकको सुविधाका लागि छुटसहित पुस्तक प्रदर्शनीमा राखिएको बताए । 





  • प्रकाशित मिति : पुस १६, २०७५ साेमबार १६:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया