logo-img

सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा ८ कक्षासम्म विस्तार गर्ने

सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा ८ कक्षासम्म विस्तार गर्ने भएको छ । योभन्दा अघि ५ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था रहेको थियो । सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश, स्थानीय तहको सहकार्यमा सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । 

त्यस्तै, कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गर्ने घोषणा गरको छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम सरकारले थप विस्तार गर्ने भएको छ । 

यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालन तह कक्षासँग आवद्ध गर्ने सरकारले घोषणा गरेको छ । दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रुपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १८:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया