logo-img

विपीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै मीनेन्द्रको आपत्ति
फाइल तस्वीर

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्ने आरोप लगाउने एमालेले अहिले आएर हार स्वीकार गर्न नसकेर गलत प्रचार गरिरहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लोकप्रिय मतका आधारमा पनि कांग्रेस माथि नै रहेको बताएका हुन् । 

उनले पछिल्ला सबै निर्वाचनको विवरण पेश गर्दै कुन कालखण्डमा एमालेले लोकप्रिय मत प्राप्त गरेको हो भन्ने विषयमा इतिहास हेर्न आग्रह गरे ।

विपी कोइरालालाई नेपाल ताराको सिफारिस गर्नेले नै गलत टिप्पणी गरेकामा रिजालले आपत्ति प्रकट गरे । यो संसद्को कार्यकालमा कहिल्यै पनि एमालेको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरेको यर्थाथता प्रस्तुत गर्दै उनले नेकपाको सरकारको कार्यक्रम मात्रै आएको बताए ।

आफूले गर्न नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जथाभावी भन्न थालेको उल्लेख गर्दै रिजालले वर्तमान सरकारले राखेका कार्यक्रम आफ्ना लागे त्यसलाई खारेज गराउन चुनौती दिए । पछिल्लो चार वर्षको समय त्यतिकै खेर गएको उनको भनाइ थियो ।

रेल र पानीजहाजको सपना बाँड्दा यर्थाथताको धरातलाई सम्झन एमाले नेतृत्वलाई उनले सचेत गराए । रिजालले भने, 'हजार माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ भन्ने तथ्यलाई आत्मसात् गरौँ ।' 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १७:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया