logo-img

माैसमले साथ नदिएपछि स्थलमार्गबाटै सम्पर्कविहीन जहाजको खोजी

सम्पर्कविहीन तारा एयरको जहाजको खोजीका लागि स्थलमार्गबाटै नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । मौसम प्रतिकूल भएका कारण हेलिकोप्टरबाट सम्भव नभएपछि सम्भावित दुर्घटना क्षेत्रमा स्थलमार्गबाटै सेना र प्रहरीलाई परिचालन गरिएको हो । 

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टर स्टान्टबाइ रूपमा रहेकोले मौसममा सुधार आउनसाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना, नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेका छन्,’  नेपाल नागरिक उड्ययन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

प्राधिकरणका अनुसार जहाज अन्तिमपटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । विमानमा १९ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेका छन् । विमान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १२:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया