logo-img

बार्सिलोनालाई युरोपको शीर्ष टोली बनाउन सक्दो सहयोग गर्नेछु : लेवान्डोस्की

बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्ने पक्का भएको छ । 

स्पेनिस क्लब र लेवान्डोस्कीबीच औपचारिक सम्झौता पूरा नभए पनि उनी अमेरिका भ्रमणमा रहेको टोलीमा समावेश भइसकेका छन् ।  

त्यस्तै, लेवान्डोस्कीले आवश्यक स्वास्थ्य परिक्षण गर्न पनि बाँकी छ । उनले आफू बार्सिलोना आउँदा निकै खुसी रहेको बताए । ‘म बार्सिलोना आउन पाउँदा निकै खुसी छु । यो निर्णय मेरो लागि निकै सहज थियो,’ उनले भने ।

‘अब बार्सिलोना फर्किएको छ । मलाई लाग्छ क्लबलाई युरोपको शीर्ष टोली बनाउन म सक्दो सहयोग गर्नेछु । मलाई उपाधि जित्न मनपर्छ । मेरो लागि यो नयाँ अध्याय र चुनौती दुवै हो ।’

‘मेरो लागि व्यक्तिगत रुपमा अवसर पनि हो । मलाई सधैं ठुलो टोलीबाट ला लिगा खेल्न मन थियो । मैले जाभीसँग छलफल गरिरहेको छु । उनको योजना पनि बुझेको छु । उनी राम्रा खेलाडी थिए र प्रशिक्षकका रुपमा पनि राम्रो भविष्य देख्छु,’ लेवान्डोस्कीले थपे ।  
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १५:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया