logo-img

स्वीडेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा

घरेलु टोली इंग्ल्याण्ड महिला युरोकपको फाइनल प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमामा प्रवेश गरेको हो । 

ब्रामल लेनमा इंग्ल्याण्डलाई जित दिलाउन बेथ मिड, लुसी ब्रोन्ज, एलेसिया रूसो र फ्रान किर्बीले एक/एक गोल गरे । खेलको ३४ औं मिनेटमा मिडको गोलमार्फत इंल्याण्डले अग्रता लिएको थियो । ४८ औं मिनेटमा ब्रोन्जले टोलीको अग्रता दोब्बर बनाइन् । 

६८ औं मिनेटमा रुसोले इग्ल्याण्डका लागि तेस्रो गोल गरिन् । ७६ औं मिनेटमा किर्बीले गोल गरेपछि घरेलु टोली ४–० को शानदार जित निकाल्दै  उपाधि नजिक पुगेको हो । 

पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्याण्डले तेस्रोपटक युरोकप फाइनलमा स्थान बनाएको हो । यसअघि उसले १९८४ र २००९ को फाइनल खेलेको थियो । 

अब इंग्ल्याण्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ६:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया