logo-img

एमाले खोटाङ प्रदेश सभा ‘क’मा चारको दाबी, ‘ख’मा दंगाल सर्वसम्मत

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ । आइतबारसम्ममा उम्मेदवार सिफारिसको काम टुंगिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । 

हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दाबी परेको छ । यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवविक्रम राई, सर्वधन राई, लीलानाथ निरौला र अनिसा खनालले दाबी प्रस्तुत गरेका छन् । 

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दाबी रहेको सचिव आचार्यले बताए । 

प्रस्तुत दाबीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आइतबार नै टुंग्याइने आचार्यले बताए । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २१:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया